
चन्द्रागिरी,
मंसिर ५ गते मंगलबार । हार्भेष्ट मुन हिमालयन शेर्पा क्लब राजधानीमा जारी प्रथम चन्द्रागिरी गोल्डकपको च्याम्पियन बनेको छ ।
नैकापस्थित चन्द्रागिरी नगरपालिकाको खेल मैदानमा आइतबार भएको फाइनल खेलमा १० खेलाडीमा समेटिएको एनआइविएल फ्रेण्डस क्लबलाई अतिरिक्त समयमा ३–१ पराजित गर्दै च्याम्पियन बन्न सफल भएको हो । शेर्पालाई जिताउन विसन गुरुङ, पियुस हेनरी र सेडरिक आवाले गोल गरे । फ्रेण्डसका लागि लावलले एक गोल गरे । खेलमा शुरुवाती अग्रता भने फ्रेण्डसले लिएको थियो । प्रतिस्पर्धात्मक बनेको खेलको पहिलो हाफ बराबरीमा सकिएपनि फ्रेण्डसले गोल गर्दै खेलमा अग्रता बनाएको थियो । ६१ औं मिनेटमा लावलको प्रहार रिफ्लेक्ट हुदै गोलमा परिणत भएको थियो । एक गोल गरे लगत्तै फ्रेण्डस १० खेलाडीमा समेटिएको थियो । फ्रेण्डसका रुमेश बर्ताैला दोहोरो पहँेलको कार्ड खादै मैदान बाहिरिएपछि फ्रेण्डस दवावमा आएको थियो । त्यसपछि लगातार दवाव झेलेको शेर्पाले अन्तिम एक मिनेट शेर्पालाई रोक्न सकेन । शेर्पाका विसन गुरुङले बराबरी गोल फर्काएका थिए । कप्तान मान बहादुर तामाङको पासमा विसनले डिबक्स भित्रबाट गरेको प्रहार फ्रेण्डसका गोलरक्षकले रोक्ने कुनै मौका पाएन । निर्धारित समयमा १–१ गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । अतिरिक्त समयको आठौं मिनेटमा शेर्पाले खेलमा अग्रता बनायो । शेर्पाका लागि पियुस हेनरीले गोल गरेका थिए । ११८ औं मिनेटमा अर्का विदेशी खेलाडी सेडरिक आवाले गोल गर्र्दै शेर्पाको जित पक्का गरे । १० खेलाडीमा समेटिएको फ्रेण्डसले आफ्नो स्वभाविक खेल देखाउन सकेन । त्यसअघि फ्रेण्डसका कप्तान धिरज श्रेष्ठले गोल गर्र्ने सुनदर मौका खेर फालेको थियो । ३४ औं मिनेटमा लावलको प्रहार शेर्पाका गोलरक्षक अर्पण कार्कीले मुस्किलले बचाएका थिए । ५३ औं मिनेटमा लावलकै प्रहार गोलरक्षकले मुस्किलले बचाएका थिए । यता शेर्पाका कप्तान मान बहादुरले २९ औं मिनेटमा गोलको सुन्दर मौका खेर फालेको थियो । ३३ औं मिनेटमा हेमन गुरुङको प्रहार गोलरक्षक आशिष थाडा मगरले मुस्किलले बचाएका थिए । ७३ औं मिनेटमा पियुसको प्रहार गोलरक्षकले मुस्किलले बचाउदै बराबरी टारेका थिए । शेर्पाका सेडरिक आवा खेलको म्यान अफ दि म्याच घोषित भए ।
जितसँगै शेर्पाले नगद ५ लाख रुपैया प्राप्त गरे । उपविजेता बनेको फ्रेण्डसले २ लाख ५० हजार रुपैयाँमा चित्त बुझायो । हिमालयन शेर्पा क्लबका विसन गुरुङ प्रतियोगिताको उत्कृष्ट खेलाडी घोषित भए । फ्रेण्डसका कप्तान धिरज श्रेष्ठ सर्वाधिक गोलकर्ता भए । उनीहरुले समान ३०–३० रुपैया प्राप्त गरे । सेडरिकले प्रतियोगिता अवधिभर ३ गोल गरेका थिए । विजयी खेलाडी राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्यसचिव केशव कुमार विष्ट, चन्द्रागिरी नगरपालिकाका मेयर घनश्याम गिरी र आयोजक ब्राइत युथ क्लबका अध्यक्ष रमेश बुढाथोकी उपाध्यक्ष किसन बस्याल लगायतले पुरस्कृत गरे ।
ब्राइट युथ क्लब नैकापको आयोजनमा नकआउटका आधारमा कात्र्तिक २८ गतेबाट भएको प्रतियोगितामा आयोजक ब्राइट युथ क्लबसहित ‘ए’ डिभिजनका ७ टिम गरी ८ टिमको सहभागिता रहेको थियो । प्रतियोगितालाई नेपाल जनरल मार्केट (हिरो) ले मुख्य प्रायोजनथियो ।