यसरी सजिलै पत्ता लगाउनुहोस्,वाईफाईको पासवर्ड

एन्ड्रोइड तथा विण्डोजमा वाईफाईका पासवर्ड खोज्न सारै सजिलो छ । घरको वाईफाईको पासवर्ड यदि तपाईले भुल्नुभयो भने पनि त्यसलाई पत्ता लगाउन त्यति गाह्रो छैन् । एन्ड्रोइड स्माटफोन तथा ट्यावलेटको प्रयोगबाट तपाईले बिर्सिएको वाईफाईको पासवर्ड पत्ता लगाउन सक्नुहुनेछ ।

तपाईको मोवाईल ‘रुटेट’ गरिसकेको छ भने पासवर्ड रिकभर गर्न सजिलो छ । गुगल प्ले स्टोरमा गएर वाईफाई रिकवर नाम गरेको एप डाउनलोड गर्नुहोस अनि तपाईको स्मार्टफोनमा इन्स्टल गर्नुहोस । इन्स्टल गर्दाको समयमा यस एपले तपाईको सुपर युजर एक्सेस माग्ने गर्दछ ।

जब तपाईले उक्त अनुमति दिनुहन्छ । तब यो एपले सबै वाईफाईको लिस्ट देखाउनेछ, जुन तपाईंको स्मार्टफोनमा कनेक्ट गरेको थियो । त्यसका साथै त्यस वाईफाईको पासवर्ड पनि देखाउनेछ । घरको ल्यापटप वा डेस्कटप कम्प्यूटरको मद्दतले पासवर्ड खोज्न चाहनु भयो भने पनि त्यति गाह्रो छैन् ।

तपाईंको विण्डोज कम्प्यूटरको स्टार्टमा क्लिक गर्नुहोस । ‘न्यू नेटवर्क कनेक्शन’मा जानुहोस र त्यहाँ क्लिक गर्नुहोस् । तपाईको वाईफाई लेखेको चिन्हमा राईट क्लिक गर्नुहोस त्यसपछि पपअप हुन्छ । त्यसमा स्टेटस छान्नुहोस् ।

त्यसपछि ‘वायरलेस प्रपर्टीज’मा तपाईंले जब क्लिक गर्नुहुन्छ त्यसपछि ‘सेक्यूरिटी’ को भाग पाउनुहुनेछ । ‘सो क्यारेक्टर’ लेखिएको बक्स देखिएपछि त्यसमा क्लिक गर्नुहोस । अब तपाईंले आफ्नो वाईफाईको पासवर्ड पाउनुहुनेछ ।

सार्वजनिक वाईफाईको पासवर्ड पत्ता लगाउन के गर्ने त ? यो आलेखमा हामीले केही यस्ता मोवाइल एपबारे उल्लेख गरेका छौं, जसको प्रयोगबाट तपाईलाई सार्वजनिक वाईफाईको पासवर्ड पत्ता लगाउन मद्दत पुग्ने छ ।

बेस्ट वाई–फाई नेटवर्क ह्याकर
यो एप बनाउने कम्पनीको दावी छ कि वाईफाईमा राखिएको जस्तोसुकै पासवर्ड पनि यो एपले तोडेर पत्ता लगाउँछ । अहिले कुनै पनि ओपन या क्लोज वाईफाई नेटवर्कको पासवर्ड पत्ता लगाउन यसको प्रयोग आमरुपमा गर्न थालिएको छ ।
हाऊ टु ह्याक वायरलेस नेटवर्क
यस एपलाई एक टुटोरियल जसरी लिन सकिन्छ । यसमा तपाईलाई इथिकल ह्याकिङ टिप्स सिकाइन्छ । साथै वाईफाई प्रोटेक्सनका लागि बनाइने सेकुरिटी एल्गोरिथमकलाई ह्याक गर्न पनि सिकाइन्छ ।
वाई–फाई ह्याकर
वाई–फाई ह्याकर बीएनजी पनि एक खास पासवर्ड ब्रेकिङ एप हो । यो एप इन्सटल गरेर तपाई कुनै पनि वाईफाई नेटवर्कको रेन्जमा जानुहोस्, यसलाई तपाईको काम सजिलो बनाइदिने छ ।
ह्याक वाई–फाई पासवर्ड
यो एप गुगल प्ले स्टोरमा निःशुल्क उपलब्ध छ । केही सेकेन्डमै यो एपको मद्दतबाट वाई–फाईको पासवर्ड पत्ता लगाउन सकिन्छ । यो एपलाई अहिलेसम्म १० भन्दा बढीले डाउलोड गरिसकेका छन् ।
फाइन्ड माई राउटर्स पासवर्ड
डिफल्ट पासवर्ड रिकभरी, म्यानुअल पासवर्ड रिकभरी तथा डिक्शनरी पासवर्ड रिकभरी जस्ता सुविधाको साथमा यो एप तपाईका लागि फाइदाजनक हुनसक्छ । यदि तपाईले नयाँ राउटर किन्नु भएको छ र त्यसको पासवर्ड थाहा छैन भनेपनि तपाईले यो एप प्रयोग गर्न सक्नुहुन्छ ।