
चन्द्रागिरि नगरपालिका वडा नं. ११ सतुंगलमा कारको ठक्करबाट एक वृद्ध गम्भीर घाइते भएका छन् ।
कलंकीबाट थानकोट तर्फ आइरहेको बा ११ च ९६६५ नम्बरको कारले शुक्रबार साँझ सवा ७ बजे पैदल यात्री अन्दाजी ६३ वर्षीय बद्री श्रेष्ठलाई ठक्कर दिएको प्रहरी वृत्त थानकोटले जानकारी दिएको हो ।
प्रहरी अनुसार कारको ठक्करबाट श्रेष्ठ गम्भीर घाइते भएका छन्। उक्त घाइते भएका श्रेष्ठको बल्खु स्थित बयोधा अस्पतालमा उपचार भइरहेको छ भने ठक्कर दिने कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।