चन्द्रागिरि नगरपालिका वडा नं ७ मा राहत प्राप्त गर्नेहरुको घर घरमा पुगेर तथ्यांक संकलन गर्ने कार्यजारि



काठमाडौँ, चैत्र २३ । चन्द्रागिरि नगरपालिका वडा नं ७ का विभिन्न  क्षेत्रमा विपन्न तथा राहत प्राप्त गर्ने व्यक्तिहरुको विवरण संकलन कार्य जारीरहेको छ ।

कोरोना भाईरस (COVID-19) संक्रमणका कारणले लक डाउन भै दैनिक ज्याला मजदुरी गरि खाने बिपन्न परिवारलाई खाद्यान्न संकट नपरोस् भन्ने उद्देश्यले नेपाल सरकार वाट प्राप्त निर्देशन र चन्द्रागिरि नगरपालिका चैत्र १९ को कार्यपालिका वैठकले पहिलाे चरणमा १ देखि १५ वटै वडाका ब्यक्तिहरूकाे ब्यक्तिगत फारम भरि नामावलीमा संकलन सहित राहत प्याकेज बितरण गरिने निर्णय भएको च.न.पा वडा नं ७. का वडा अध्यक्ष सम्भु के.सी ले जानकारी गराए ।

च .न .पा.७. का वडा अध्यक्ष सम्भु के.सी , कार्यपालिका सदस्य, वडा सदस्यहरु सहित विभिन्न संघ संस्थाका प्रतिनिधिहरुले तथ्यांक संकलन कार्यलाई जारि राखेका हुन्।

यस जटिल परिस्थितिमा युवाहरुले जनप्रतिनिधिहरुलाई अहोरात्र खटिएर दिनुभएको साथ र सहयोगको उच्च मूल्याकंन गर्नुपर्ने भन्दै वडा अध्यक्ष सम्भु के.सी ले  युवाहरुको प्रशंसा गर्दै   साथै वास्तविक पिडितले मात्र राहत पाउने गरि तथ्यांक संकलन भइरहेको  बताएका छन।