चन्द्रागिरि वडा नं. ८ ले अनधिकृत टहरा हटाउँदै

चन्द्रागिरि वडा नं. ८ ले अनधिकृत संरचना हटाउने भएको छ।

चन्द्रागिरि नगरपालिका वडा नं ८ ले सार्वजनिक सुचना जारि गरेक हो। उक्त चन्द्रागिरि वडा नं. ८ का वडा अध्यक्षले जारी गरेको सुचनामा:-

“प्रस्तुत सम्बन्धमा चन्द्रागिरि नगरपालिका वडा नं. ८ अन्तर्गतका विभिन्न स्थानमा रहेको सार्वजनिक जग्गामा अवैध रुपमा तथा सम्बन्धित निकाय मार्फत निर्माण स्विकृत नलिईकन टहरा निर्माण गरेको देखिन आएकोले उक्त टहरा तत्काल हटाउनुहुनको लागि यो सुचना प्रकाशन गरिन्छ ।

यस सुचनालाई वेवस्ता गरि उल्लेखित कार्य गरेको पाईएमा कानुन बमोजिम आवश्यक कारबाहि गरिने व्यहोरा समेत जानकारी गराईन्छ ।”