एमालेको घोषणा : बन्द रहेको हेटौंडा–काठमाडौं (मातातीर्थ जोड्ने) रोप वे सेवालाई पनुःसञ्चालन गर्ने

नेकपा (एमाले) ले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । आगामी मंसिर ४ गते हुने संघ र प्रदेशको निर्वाचनको लागि एमालेले चुनावी घोषणापत्र सार्वजनिक गरेको हो ।

आज (मंगलबार) काठमाडौंको याक एण्ड यति होटेलमा पत्रकार सम्मेलनको आयोजना गरेर सो घोषणापत्र पार्टीका अध्यक्ष केपी शर्मा ओलीले डिजिटल प्लाटमार्फत सार्वजनिक गरेका हुन् ।

नेकपा एमालेले बन्द रहेको हेटौंडा–काठमाडौं रोप वे सेवालाई पनुःसञ्चालन गरी काठमाडौंकेन्द्रित मालसामानको ढुवानी गरिने योजना समेटिएको छ । साथै देशका अन्य स्थानमासमेत सम्भाव्यता हेरी मालबाहक रोप वेसेवा निर्माण तथा सञ्चालन गरिने एमालेले जनाएको छ ।

हेटौंडा काठमाडौं रोप वे मकवानपुरको भीमफेदी देखि काठमाडौं मातातीर्थ जोड्ने ४२ किलोमीटरको रञ्जुमार्ग थियो। यो बि.सं. १९८२ देखि २०५४ सम्म सञ्चालन भएर बन्द भयो। यसको स्थापना श्री ३ चन्द्र शमशेरको पालामा भएको थियो। यो नेपालको पहिलो रोप वे हो।