२० चैत्र काठमाडौं । चन्द्रागिरि नगरपालिका द्धारा काेठा भाडा र दैनिकी ज्याला मजदुरी गर्ने व्यक्तिलाई राहत दिने निर्णय गरेकाे छ ।

नगरपालिकाकाे कार्यपालिका वैठकले पहिलाे चरणमा १ देखि १५ वटै वडाका ब्यक्तिहरूकाे ब्यक्तिगत फारम भरि नामावलीमा संकलन सहित राहत प्याकेज दिने निर्णय गरेकाे हाे ।

बिश्व महामारीकाे रूपमा फैलिएको काेराेना भाईरस काेभिड १९ का कारण लकडाउनले गर्दा ज्याला मजदुरी गरेर खाने व्यक्तिहरूलाई निकै दैनिय अवस्था सृजना भएकाे गुनासाे अाएपछि नगरपालिकाले उक्त निर्णय गरेको नगरपालिकाकाे प्रबक्ता हरिभक्त महर्जनले जानकारी दिए ।

प्रबक्ता महजर्जनका अनुसार घरभाडामा बस्ने र दैनिक ज्याला मजदुरी गरि खान्नु पर्ने ब्यक्तिहरूकाे प्रत्येक वडाहरूवाट लगत संङकलन गरि घर धनीकाे नाम माेवाईल नम्बर र नागरिकताकाे नम्बर वा फाेटी कपि सहित विवरण उपलब्ध भए पश्चात् राहत प्याकेज उपलब्ध गराईने बताए ।
नामावली प्राप्त भए पश्चात् सम्बन्धित वडाहरूबाट नै उक्त राहत प्याकेज उपलब्ध गराईने छ ।
नगरपालिकाकाे अनुसार उक्त प्याकेजमा ३ जना सम्मकाे परिवारलाई १० केजी चामल साे भन्दा माथी १५ केजी का दरले प्राप्त गर्ने छन् । प्याकेज अनुसार दाल १ केजी,नुन एक प्याकेट,तेल १ लिटर,चिनी १ केजी,चिउरा २ केजी सावुन २ वटा प्रदान गरिने छ ।
Leave a Reply
You must be logged in to post a comment.