चन्द्रागिरि ।
चन्द्रागिरि नगरपालिकामा श्रावण १६ गते सोमबार देखि श्रावण ३२ गते बुधबारसम्म मतदाता नामावली दर्ता, संकलन, सच्याउने, हटाउने र सार्ने कार्यक्रम संचालन हुने भएको छ । चन्द्रागिरि नगरपालिका वडा नं. १२ बलम्बुमा बिहान १० बजेदेखी अपरान्ह ४ः२० बजेसम्म मतदाता नामावली संकलन सम्बन्धी कार्य हुने चन्द्रागिरि नगरपालिकाको कार्यालयले जनाएको छ ।
मतदाता नामावलीमा नाम दर्ताका लागि नागरिकता प्रमाणपत्रको प्रतिलिपि, बसाइ सराइ गरी अाउनेहरूको हकमा बसाइसराइ दर्ता प्रमाण पत्र तथा अन्यत्र जिल्लाका नागरिक भएको खण्डमा काठमाण्डाै जिल्लामा स्थायी बसोबास भएमा बसाइसराइ प्रमाण पत्र, धारा, विद्युत बिल अादि देखाउन पर्ने नगरपालिकाद्वारा जारी सुचनामा उल्लेख गरिएको छ ।
Leave a Reply
You must be logged in to post a comment.