
चन्द्रागिरि ।
नागढुंगा प्रहरीले लागुअाैषधसहित तीन जनालार्इ पक्राउ गरेको छ ।
बारादेखि काठमाडाैं आउँदै गरेको ना ७ ख ८७९ नं को यात्रुवाहक बसमा लुकाएर लागुअाैषध ल्याएका बाराको बारागढी गाउँपालिका-१ पिप्रा वसतपुरका २४ वर्षका लक्ष्मण शाह र सोही ठाउँका वर्ष २५ का जोगिन्दर सहनीलार्इ प्रहरीले पक्राउ गरेको हो ।
उनीहरूलार्इ झोलामा कम्वलभित्र लुकाएको डाइजेपाम १८५ एम्पुल, फेनार्गन १८० एम्पुल र नुर्फिन १९७ एम्पुल र १४०८ थाना नाइट्रजेपाम ट्यावलेट गरी जम्मा १९७० एम्पुल लागुअाैषधसहित नियन्त्रणमा लिएको नागढुंगा प्रहरी प्रभागका इन्चार्ज प्रहरी निरीक्षक ऋषिराम घर्तीमगरले जानकारी दिए ।
साथै उनीहरूको सहयोगमा काभ्रे नमोवुद्द-३ का २९ वर्षीय गोपाल श्रेष्ठलाई कलंकीबाट पक्राउ गरी थप अनुसन्धानको लागि महानगरीय प्रहरी वृत्त थानकोट पठाइएको इन्चार्ज घर्तीले जानकारी दिए ।