
सोमबार देखि भक्तपुर सुर्यविनायक नगरपालिकाको सिरुटारदेखि नयाँ बानेश्वर हुदै थानकोट–नागढुङ्गासम्म बस संञ्चालनमा ल्याएको छ । शुभकामना यातायात प्रालि द्धारा संञ्चालित बसहरुले सिरुटारदेखि नयाँ वानेश्वर हुँदै थानकोट नागढुंगासम्मको रुटमा बस सेवा सञ्चालनका लागि रुट प्रमिट प्राप्त गरेपछि सेवा सुरु गरिएको हो ।