मातातीर्थ वृद्धाश्रम २० अाैँ वर्षमा

चन्द्रागिरि ।

मातातीर्थ वृद्धाश्रम समितिको १९अाैँ साधारण सभा सम्पन्न भएको छ । साधारण सभाका अवसरमा समितिको नव निर्मित भवनको समेत उद्घाटन गरियो ।

चन्द्रागिरि नगरपालिका ६ मातातीर्थमा २०५४ सालमा स्थापित यस वृद्धाश्रममा हाल २५ जना वृद्धाहरू रहेका छन् । असहाय, अाफन्त नभएका तथा अाफन्तबाट टाढा पारिएका ६० वर्ष उमेर पार गरेका वृद्ध महिलाहरूलार्इ अाश्रय दिँदै अाएको समितिले जनाएको छ ।