सतुंगलबाट ६ लाख बढी थान सर्जिकल मास्क बरामद

चन्द्रागिरि नगरपालिका–१० विष्णुदेवीस्थित एक गोदाममा राखिएका मास्क प्रहरीले बरामद गरेको छ।
काठमाडौं प्रहरी प्रमुख एसएसपी उत्तमराज सुवेदीका अनुसार यसअघि कपनमा समातेको १ लाख ६८ हजार थान मास्कसहित पक्राउ परेकाको बयानका आधारमा सतुंगलमा लुकाएर राखिएको ६ लाखभन्दा बढी थान मास्क बरामद गरिएको र आइतबार साँझ सतुंगलका रोहित श्रेष्ठको घरको गोदाममा लुकाएर राखिएको मास्क भेटिएपछि स्थानीय प्रशासनले सिलबन्दी गरेको थियो ।

नेपालमा पनि कोरोना भाइरस संक्रमणको त्रास बढेसँगै बजारमा मास्क र सेनिटाइजरको अभाव भएका बेला कालोबजारी बढ्दै जाँदा काठमाडौंको सतुंगलबाट पनि यी मास्कहरू सोमबार बिहान १७५ वटा बोरामा ६ लाख बढी मास्क रहेको थाहा भएकाे छ ।