सतुंगल चोकदेखी वडा कार्यालयसम्मको सडक कालोपत्रे हुने

चन्द्रागिरि ।

चन्द्रागिरि नगरपालिकास्थित सतुंगलचोकबाट १० र ११ नं. वडा कार्यालयसम्म पुग्ने सडक कालोपत्रे हुने भएको छ । सडक कालोपत्रेका लागि अावश्यक निर्माण सामाग्रीको व्यवस्थापन भइरहेको सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष जीवन महर्जनले चन्द्रागिरिन्यूज लार्इ जानकारी दिए । सडक कालोपत्रेका लागि निर्माण सामाग्री सडकमै थुपारिँदा सो सडकमा सवारी अावागमन अवरूद्ध भएको छ ।