काठमाडौं । प्रहरी प्रभाग नागढुंगाले लागुऔषधसहित दुई जनालाई नियन्त्रणमा गरेको छ । लागू अाैषध सहित चेक जाचकाे क्रममा प्रहरीले महोत्तरी लोहरपट्टी ४ का २२ वर्षे कृष्णा शर्मालाई नागढुंगामा प्रकाउ गरेको जनाएको छ । उनको सहयोगमा लागुऔषध तस्करमा संलग्न बनेपाका ३० वर्षे जय श्रेष्ठलाई पनि प्रहरीले पक्राउ गरेका छन् ।उनको साथबाट झोलामा लुकाई राखेेको डाइजेपाम र फेनार्गन र नुर्फन ४०/४० एम्पुल र नाइट्राजेपाम ६५० ट्याव्लेट गरी ७७० थान लागुऔषध बरामद गरिएको प्रहरी प्रभाग नागढुंगाका प्रहरी निरिक्षक ऋषिराम घर्ती मगरले जानकारी दिए । पछिलाे समय प्रहरी निरिक्षक ऋषिराम घर्तीकााे नेेेतृत्वमा हजाराै परिणाम लागुअाैषध वरामद भई सकेकाे ।

Leave a Reply
You must be logged in to post a comment.