
चन्द्रागिरी २ नागढुङा चोकको घरको छतमा प्रबेश गरि ढुङ्गा मुडा गरि मानसिक सन्तुलन गुमाएकी एक महिला द्वारा स्थानिय तथा यात्रुहरु असुरक्षित रहेको जानकारी प्राप्त भएको छ , प्रहरी प्रशासनलाई जिउ धनको सुरक्षा गरि पाउ भनी स्थानियले उजुरी समेत गरेका छन , बेलैमा उक्त्त महिलालाइ नियन्त्रणमा नलिगे दुर्घटना हुन सक्ने दृश्य देखिएको छ । यस अघि धेरै नै संख्यामा बेवारिसे मानिसहरु चोकमा नै रहेको मन्दिरमा आश्रय लिने गरेता पनि आक्रमक भने थिएनन तर यी महिला ढुङा मुडामै उत्रिएकि छिन उनलाई नियन्त्रणमा लिन प्रहरी र स्थानियद्वारा कोशिस भएता पनि घरको छतबाट ढुङ्गा हान्दा नजिक जान भने सकिरहेको अबस्था छैन ।
प्रहरीको सहयोगमा उक्त महिलालाई नियन्त्रणमा लिइ प्रहरी प्रभाग नागढुङ्गामा राखिएको छ नियन्त्रणमा लिने कोशिसमा ढुङ्गा लागि घर धनी शिव सिग्देल सामान्य घाइते समेत भएका छन ।

