
रोसन दानी चन्द्रागिरि ।
काठमाडौँ उपत्यकामा मरेका १८ वटा बाख्री भित्र्याउँदै गरेको अवस्थामा नागढुङ्गा चेकपोष्टस्थित महानगरीय प्रहरी प्रभाग र पशुपंछी विकास मन्त्रालयको क्वारेन्टाइनका कर्मचारीले नियन्त्रणमा लिएका छन् ।
सर्लाहीको लालवन्दीबाट काठमाडौँ आउँदै गरेको ना ५ ख २७७० नंम्बरको यात्रुवाहक बसमा व्यवसायी रामबाबु ठाकुरले चारवटा जिउँदो बाख्री तथा १८ वटा मरेका बाख्री ल्याएको अवस्थामा नागढुङ्गा चेकपोष्ट नियन्त्रणमा लिएको हो ।
मरेका र सडेका बाख्री पशुपछी विकास मन्त्रालयको क्वारेन्टाइनका कर्मचारीले नियन्त्रण लिए पश्चात पशुपंछी विकास मन्त्रालयका सचिव युवकध्वज जिसी तत्काल बेलुकी ९ बजे नै नागढुङ्गा चेकपोष्ट पुगेर निरिक्षण गरेका थिए ।
पशुपंक्षी विकास मन्त्रालयका सचिव युवकध्वज जिसीले काठमाडौँ उपत्यकामा मासु आपूर्ति गर्ने उद्देश्यले ल्याइएका ती बाख्री क्वारेन्टाइनका कर्मचारीले जाँच गर्दा भेटिएपछि बसलाई नियन्त्रणमा लिएर व्यवसायी ठाकुरलाई पक्राउ गरेको जानकारी दिए ।
सचिव जिसीले पशु स्वास्थ्य तथा पशुसेवा ऐन– २०५५र नियमावली ५५ ले निर्दिष्ट गरेअनुसार कारबाहीका लागि सिफारिस गरिने र अभियुक्तलाई सजाय साबित भएमा रु पाँच हजार जरिवाना गर्न सकिने वताए । चन्द्रगिरिन्युज सँग कुरा गर्दे सचिव जिसीले मानव स्वास्थ्य माथि गम्भिर असर पार्ने तत्व माथि कुनै पनि सम्झौता गर्न नहुने भन्दै नियम संसोधन र कारभाही प्रकृया थप सशक्त पार्ने बताए ।
उनले संवेदशिल नागढुङ्गा चेकपोष्ट नाकामा कार्यालय नहुनु कतिको विडम्बना भन्ने प्रश्नको जवाफ दिदै संवेदनशिल नागढुङ्गा चेकपोष्टमा पशु चेक जाँच भवन निमार्णमा पहल गर्ने बताए ।
महानगरिय प्रहरी प्रभाग नागढुङ्गा चेकपोष्टका प्रहरी निरिक्षक ऋषिराम मगरले चेक जाँचको क्रममा परेका पशुपंक्षी नियन्त्रणमा लिइ पशुपछी विकास मन्त्रालयको क्वारेन्टाइन कार्यालयलाई बुझाउने गरेको जानकारी दिए । मरेका १८ बाख्रीलाई नियन्त्रण पश्चात सुरक्षित ठाउँमा गाडिएको छ ।