बाडभन्ज्याङमा ९२ रोपनी २ आना जग्गा मालपोत कार्यालय कलंकीले सुयल हाउजिङ कम्पनीका नाममा,  मालपोत अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ९२ रोपनी सरकारी जग्गा व्यक्तिका नाममा दर्ता गर्ने मातपोत अधिकृतसहित सातजना विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

काठमाडौकै साविक बाडभन्ज्याङ गाविस ३क तथा हाल चन्द्रागिरी नगरपालिका पाताल तथा ठोट्ने खोला र चिसापानी सामुदायिक वन उपभोक्ता समूहले उपभोग गरिरहेको कित्ता नम्बर १०१ को ९२ रोपनी दुई आना जग्गा व्यक्ति करण गरेको भन्दै आयोगले मुद्दा दायर गरेको हो ।

भू-माफियाहरुले मिनाकुमारी थापालाई नक्कली मोही बनाई सुयल हाउजिङ कम्पनीका नाममा श्रेस्ता कायम गरी पुर्जासमेत बनाएका थिए।

उपभोक्ता समितिलाई थाहै नदिई उक्त बन क्षेत्र व्यक्तिको नाममा पुगेपछि अख्तियारमा उजुरी दर्ता भएको थियो।

सरकारी जग्गा व्यक्तिमा नाममा दर्ता गर्दाका बखत त्यसको सरकारी मूल्यांकन मात्र दुई करोड २१ लाख १० हजार देखाएर मापलोत कार्यालयबाट हाउजिङको नाममा ल्याइएको थियो।