काठमाडौँ छिर्ने मुख्य नाका नागढुङ्गामा गाडीको चाप

काठमाडौं। काठमाडौँको मुख्य नाका नागढुङ्गामा अहिले चापमा गाडी चलिरहेको छ । नागढुङ्गा-नौबिसे सडक खण्डमा गाडी बिग्रिएकाले अहिले एकतर्फी मात्रै गाडी चलिरहेको हो । यसले गर्दा चाप बढेको प्रहरीले जनाएको छ ।

यो सडक खण्ड भएर हरेक दिन हजारौँ गाडी काठमाण्डौ भित्रने र बाहिरिने गर्छन् । बिहान रात्रि बस काठमाडौं भित्रने भएकाले पनि यो सडक खण्डमा गाडीको लामो लाइन छ । साँघुरो सडक र गाडीको चाप धेरै हुँदा हरेक दिनजसो यो सडकमा जाम हुने गरेको छ।

अहिले यो नाकामा एकतर्फी गाडी पास गराइएको ट्राफिक प्रहरीले जनाएको छ।