नौबिसे–नागढुंगा सडकखण्ड एकतर्फी सञ्चालनमा

काठमाडौं । पहिरोका कारण बन्द भएको नागढुंगा-नौबिसे सडकखण्ड एकतर्फी सञ्चालनमा आएको छ। आइतबार  बिहानैदेखि पहिरोका कारण बन्द भएको सडक एकतर्फी सञ्चालनमा आएको हो।

प्रहरीका अनुसार चन्द्रागिरि नगरपालिका चिसापानीस्थित सडकमा पहिरो खस्दा सवारी आवगमनमा अवरोध पुगेको हो। केहीबेरमै सवारी आवगमन दुईतर्फी नै सञ्चालनमा आउने प्रहरीले जनाएको छ।

तस्बिर:-सदिप सुबेदी