बलम्बु मा.वि मा अायोजित स्वास्थ्य शिविरमा ४९१ जनाले लिए सेवा

चन्द्रागिरि ।
काठमाण्डाै शिक्षा क्याम्पसको स्वास्थ्य विभागको अायोजनामा चन्द्रागिरि १२ बलम्बुस्थित बलम्बु मा.वि मा शनिबार अायोजित एकदिने निःशुल्क स्वास्थ्य शिविरमा ४९१ जनाले सेवा स्वास्थ्य चेक जाँच तथा अाैषधी प्राप्त गरेका छन् । सामान्य स्वास्थ्य परिक्षणमा ३०५ तथा दन्त परिक्षणमा १८६ जना स्थानीयले शिविरमा चेक जाँच गराएका थिए । नगरप्रमुख घनश्याम गिरी, वडा अध्यक्ष प्रकाश श्रेष्ठ लगायतको उपस्थितिमा काठमाण्डाै शिक्षा क्याम्पसका विद्यार्थीहरूले अध्ययन सर्वेक्षणका क्रममा प्राप्त गरेको स्थानीयहरूको स्वास्थ्य अवस्थाका बारेमा प्रस्तुतीकरण गरिएको थियो । कार्यक्रममा बोल्दै नगरप्रमुख घनश्याम गिरीले स्थानीय जनताको स्वास्थ्य अवस्थाका बारेमा जानकारी भएको भन्दै अबका दिनमा अाम जनताको स्वास्थ्यको क्षेत्रमा विशेष कार्यक्रमहरू सञ्चालन गर्ने धारणा व्यक्त गरेका थिए । शिविरमा विभिन्न प्रायोजकहरूले उपलब्ध गराएका अाैषाधीहरू निःशुल्क उपलब्ध गराइएको थियो ।