चन्द्रागिरि,काठमाडौं । बलम्वु सहकारी समूहले चन्द्रागिरि नगरपालिकाका कोभिड १९ विरामीहरुलाई उपचारार्थ संचालन गरिएको बलम्वु अस्थायी आइसोलेसन केन्द्रका लागि नगद रु.२,००,००० (दुई लाख मात्र) सहयोग स्वरुप प्रदान गरेको छ । चन्द्रागिरि नगरपालिका वडा नं. १२ का वडा अध्यक्ष श्री प्रकाश श्रेष्ठ लगायत समाजसेवीहरुको उपस्थितिमा समूहका संयोजक संस्था विजयी भव: वचत तथा ऋण सहकारी संस्था लि. का अध्यक्ष श्री सत्यराज श्रेष्ठले सो आईसोलेसन व्यवस्थापन सिमितिका अध्यक्ष श्री विकास महर्जनलाई चेक हस्तानतरण गरेका थिए ।
महाभुकम्प २०७२ पश्चात गठन गरेको समूहले “समूदाय प्रति सहकारीको चासो” सिद्धान्तलाई आत्मसाथ गर्दै सामाजिक कार्यहरुमा हातेमालो गर्दै आईरहेको छ । भुकम्प पिडित ५१ घरपरिवारलाई जस्तापाता वितरण गरेको सो समूहले बलम्वुका विभिन्न ११ स्थानमा सोलार प्यानल वत्ती जडान गर्न नेतृत्व भूमिका निर्वाह गरेका थिए | कोरोना संक्रमणको पहिलो लहरमा पनि नगर स्तरिय विपद् व्यवस्थापन समिति र वडा नं १२ को कार्यालयलाई रु. २,००,००० / – बढी नगद र स्वास्थ्य सामग्री सहयोग स्वरुप प्रदान गरेकोे समुहका सदस्य संस्था हसना भास्तिपुर बचत तथा ऋण सहकारी संस्था लि. का प्रवन्ध सन्चालक एवम बलम्बु अस्थायी आइसोलेसन ब्यवस्थापन समितिका सचिव सम्पूर्ण महर्जनले बताउनु भएको छ ।
बलम्बु सहकारी समुहमा आवद्ध संस्थाहरु :
- अभिलेख बचत तथा ऋण सहकारी संस्था लि.
- बलम्बु च्याउ सहकारी संस्था लि.
- बिजयी भव: बचत तथा ऋण सहकारी संस्था लि.
- चम्किला तारा बचत तथा ऋण सहकारी संस्था लि.
- हसना भास्तिपुर बचत तथा ऋण सहकारी संस्था लि.
- किसान कृषि सहकारी संस्था लि.
- प्रज्ञान बचत तथा ऋण सहकारी संस्था लि.
- सेभ एण्ड एन्हान्स बचत तथा ऋण सहकारी संस्था लि.
- सुकर्म बहुउद्हेशीय सहकारी संस्था लि .
- सुमेध बचत तथा ऋण सहकारी संस्था लि.
- युनाइटेड ह्यान्ड्स बचत तथा ऋण सहकारी संस्था लि.
Leave a Reply
You must be logged in to post a comment.