चन्द्रागिरि न.पा.का संक्रमित पुरुष सशस्त्र प्रहरी बल बलम्बुका सुरक्षा कर्मी

काठमाडौं, चन्द्रागिरि नगरपालिका मा कोरोना पुष्टि भएको पुरुष सशस्त्र प्रहरी बल बलम्बु च.न.पा वडा न १२ मा कार्यरत सुरक्षा कर्मी चालक रहेको छ । संक्रमित सुरक्षा कर्मी च.न.पा वडा न ९ निवासी संक्रमित महिलासंगै आएको हो ।

संक्रमित सुरक्षा कर्मी कञ्चनपुरको महेन्द्रनगरबाट काठमाडौं आएका जिल्ला अछाम घर भई हाल सस्त्र प्रहरी बल बल्मबु मा कार्यरत सुरक्षा कर्मीलाई पनि काेराेना पुष्टि भएको हो।

टेकुस्थित शहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा पाेजेटिभ देखिए पछि सुरक्षा कर्मीकाे उपचार सस्त्र प्रहरी हस्पिटल सतुङ्गल अाईसाेलेसनमा उपचार भईरहेकाे चन्द्रागिरि नगरपालिकाका प्रवक्ता हरि भक्त महर्जनले बताउनुभयो।

साथै चन्द्रागिरि नगरपालिका वडा ९ मच्छेगाउँ बस्ने ३३ वर्षीय महिला वैशाख २९ गते कंचनपुरवाट काठमाडौं आएकी थिइन्।

थप दुइ चन्द्रागिरि नगरपालिका भेटिएसंगै नगरपालिकाले कडाइ साथ कार्यान्वयनका लागि चन्द्रागिरि नगरपालिकामा नेपाल प्रहरी, सशस्त्र प्रहरी सँगै नेपाली सेना पनि परिचालन गरिने भएको छ ।