बाँसुरी गुरु संजय महर्जनको संयोजनमा “Sounds of Spring – Celebration & Collaboration” कार्यक्रम

बोसिगाँंउ – नेपाल सरकारले सन् २०२० को वर्षलाई visit nepal 2020 भ्रमण वर्षको रुपमा मनाइरहेको सन्दर्भमा विविध कार्यक्रमहरुको आयोजना गरि यस कार्यक्रमलाई सफल तुल्याउनु देशका हरेक नागरिक एवं संघ संस्थाको कर्तव्य हो । यसै कर्तव्यलाई आत्मासात गरि ज्ञानमाला बाँसुरी खल: तथा साँस्कृतिक संगित केन्द्रले ” sounds of spring – celebration & collaboration” शिर्षक राखी हाल चलिरहेको वसन्त रितुका मौलिक परम्परागत गित संगित प्रस्तुत गरेका छन् । विश्व व्यापी रुपमा नेपाली मौलिक लोकसंगित प्रचार गर्ने उदेश्यले दक्षिण अमेरिका चिली बाट नेपाल भ्रमणमा आउनु भएका संगितकर्मीहरु संगको सहकार्यमा वसन्त धुन तथा अन्य सांगितिक कार्यक्रम प्रस्तुत गरि फाल्गुन ३ गते सनिवार बोसिगाँउमा साँगितिक उत्सवका रुपमा मनाइयो । कार्यक्रममा बोसिगाँउका स्थानीय साँस्कृतिक समूह GYANMALA FOLK INSTRUMENTAL BAND, करुणा ज्ञानमाला भजन खल:, ज्ञानमाला बाँसुरी खल: तथा वरिष्ठ गायक तथा संगितकार कोकिलमान महर्जन का प्रस्तुतिहरु रहेका थिए। विशेष प्रस्तुतिका रुपमा चिली बाट आउनुभएका संगितकर्मी Tomas Gubernatis र Moa Nicolas को मन्त्रमुग्ध धुनले सम्पुर्ण दर्शकको मन छोएको थियो ।


नेपाली मौलिक लोक संगित, विशेषत स्थानीय जात्रा, पर्व, रितु, प्रहरमा बजाइने लोक धुन जुन आजभोलि लोपहुने अवस्था आइसकेकोले अहिलेका पुस्ता सम्म यस्तो साँस्कृतिक सम्पति जिवन्त बनाइराख्ने उदेश्यले र यसै भ्रमण वर्ष २०२० मा नेपाल आउनु भएका विदेशी संगितकर्मीहरुमा नेपाली मौलिक लोक संगित बारे प्रचारप्रसार गर्न यस कार्यक्रम आयोजना गरेको बताउँछन् कार्यक्रमका संयोजक संजय महर्जन , विशेष गरि नेवारी परम्परागत गित संगित संरक्षण तथा प्रबर्द्धन गर्नु पर्छ भन्ने भावना राखी उहाँले विगत लामो समय देखि बोसिगाँउको ज्ञानमाला बाँसुरी खल: लगायत चन्द्रागिरी नगरपालिकाका अन्य वडाहरु महादेवस्थान चेकपोस्ट स्थित नगाँचा बाँसुरी खल:, वाडभञ्ज्याङ् स्थित बागचण्डि बाँसुरी खल: र मच्छेगाँउ स्थित साँस्कृतिक संरक्षण तथा संगितिक प्रशिक्षण समितिमा बाँसुरि प्रशिक्षण दिइसकेका छ्न् ।


संविधानसभा सदस्य अंजना बिसंखे ज्युको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा च न पा प्रमुख घनश्याम गिरि , वरिष्ठ बाँसुरी तथा वाध्यवादन गुरु धर्म मुनिकार, नेपाल साँस्कृतिक कला मन्दिर मच्छेगाँउका अध्यक्ष रमेश शाही, सल्लाहकार अच्युत अधिकारी, जनप्रतिनिधि तथा अन्य विशिस्ट अतिथिहरुको उपस्थितिमा ज्ञानमाला बाँसुरि खल: मा बाँसुरी प्रशिक्षण लिएका प्रशिक्षार्थीहरुलाइ प्रमाणपत्र प्रदान गरियो, साथै वरिष्ठ संगितकार तथा समाजसेवी तेजमान बज्राचार्य, वरिष्ठ गायक तथा संगितकार कोकिलमान महर्जन लाई ज्ञानमाला बाँसुरी खल: का संस्थापक तथा कजि शम्भु महर्जनले सम्मान पत्र प्रदन गरियो ।