बोसिगाँउमा भ्रष्टाचार विरुद्ध थाल बजाउदै (भिडीयो सहित)

शुक्रबार, चैत्र २१ बिहान १० बजे
स्वास्थ्य सामग्री खरिद प्रकरणमा भएको अनियमिततका सम्बन्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दोस्रो उजुरी दर्ता भएको छ।कोरोना भाइरसको रोकथाम तथा उपचारका लागि खरिद गरेर समान ल्याउँदा भ्रष्टाचार भएको भन्दै उपप्रधानमन्त्री ईश्वर पोखरेल, स्वास्थ्यमन्त्री भानुभक्त ढकाललगायत विरुद्ध अख्तियारमा दोस्रो उजुरी दर्ता भएको हो।

कोरोना उपचारका लागि चीनबाट सामान ल्याउन ओम्नी कम्पनीलाई दिइएको ठेक्का सम्झौतामा भ्रष्टाचार गरेको भन्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले उजुरी दिएका हुन् ।

बोसिगाँउमा भ्रष्टाचार विरुद्ध थाल बजाउदै भिडियो: संजय महर्जन