दहचोकमा सवारी दुर्घटना एक को मृत्यु

15777


काठमाण्डौ चन्द्रागिरि नगरपालिका वडा नं १ ईन्द्रथान नजिक ईन्द्रथानबाट नैकापतर्फ आईरहेको बा ६६ प ५८६६ नंम्बरको मोटरसाईकल एक्कासी अनियन्त्रित भई सडकबाट अन्दाजि १० मिटर तल खस्दा मो.सा चालक का.जि. च.न.पा १५ ढुंगेअड्डा बस्ने वर्ष अं ३४ को रूपेश खड्का र मो.सा पछाडी सवार जि. बाग्लुङ घर भई हाल च.न.पा-१५ बस्ने वर्ष अं. ३५ को विजय शाही ठकुरी घाईते भएको अवस्थामा तत्काल महानगरीय प्रहरी विट विन्दवासिनी, महानगरीय प्रहरी प्रभाग बलम्बु र स्थानीयबासीहरूले तत्काल उद्दार गरी अस्पताल पठाईएको ।
निजहरू मध्य मो.सा चालक रूपेश खड्काको अं. १६:२४ बजे शहिद मेमोरियल अस्पतालमा मृत्यू घोषणा भएको र बिजय शाही ठकुरीको उक्त अस्पतालमा उपचार भैरहेको छ । सो सम्बन्धमा थप अनुसन्धान भैरहेको महानगरीय प्रहरी बृत्त थानकोटले बताए ।