नेपालमा मात्रै पाइने विश्वकै दुर्लभ चरा काँडेभ्याकुर

4525

रोसन दानी काठमाण्डौं । धेरै सङ्ख्यामा देखिने नेपालमा मात्रै पाइने विश्वकै दुर्लभ चरा काँडेभ्याकुर दहचोकमा पनि निकै कम देखिन थालेको छ । काठमाडौँ पश्चिमभेगस्थित दहचोकको जङ्गलमा देखिने काँडेभ्याकुरको सङ्ख्या पछिल्लो समयमा निकै कम हुँदै गएको स्थानीयवासी बताउँछन् । विशेषगरी नेपालको ललितपुरको चापागाउँ वज्रवाराही जङ्गल आसपास र काठमाडौँ पश्चिमभेगस्थित दहचोकको जङ्गल आसपासमा पाइने दुर्लभ चरा काँडेभ्याकुर आजभोलि कहिलेकाँही मात्र देखिने गरेकोे स्थानीयवासी एवम् साविक दहचोक गाविसका पुर्व अध्यक्ष हरिशरण थापाले जानकारी गराउनुभयो ।

सन् २००२ मा अन्तर्रराट्रय प्रकृति संरक्षण सङ्घ (आइयुसिएनले अति लोपोन्मुख पक्षीका रुपमा काँडेभ्याकुरलाई सूचीकृत गरेको थियो । विगतका वर्षा धेरै सङ्ख्यामा देखिने गरेको काँडेभ्याकुर क्रमशः कम हुँदै जानुमा काठमाडौँको बढ्दो प्रदूषण तथा जलवायु परिवर्तनसमेत हुन सक्ने स्थानीयवासी र्तर्क गर्दछन् ।

दस वर्ष्घि सम्म वनमा यत्रतत्र पाइने दहचोक क्षेत्रको गहनाजस्तो बनेको काँडेभ्याकुरको अवलोकनका लागि पहिले पहिले चराको अध्ययनका लागि दहचोकमा विज्ञहरु आउने गरे पनि अहिले त्यो क्रम नदेखिएको स्थानीयवासीको भनाइ छ ।
विश्वमा नै नेपालमा मात्रै पाइने दुर्लभ चरा काँडेभ्याकुर (वैज्ञानिक नाम निपालेन्सिस रहेको दहचोकमा पाइन्छ भन्दा आफूहरुलाई पनि गर्वको अनुभूति हुने गरेकामा वनबाट बिस्तारै यो चरा लोप हुन थालेपछि दहचोकवासी सबैलाई चिन्तित बनाएको थापाको भनाइ छ । वन जङ्गलमा बिस्तारै कम हँुदै जानुले यो लोपोन्मुख अवस्थामा पुगेको स्पष्ट हुने बताउँदै थापाले काँडेभ्याकुरको संरक्षणमा राज्यले चाँडै नै चासो दिनुपर्ने बताउनुहुन्छ ।