प्रधानमन्त्री केपी ओलीले सरकारले पुर्णतापाएसँगै मुलुकमा बिकासको मुहान खुल्ने बताएका छन् ।
उनले दुई दिनभित्र मन्त्रिमण्डल विस्तार हुने पनि बताए ।
काठमाडौंको इन्द्रदहमा पर्यटन महोत्सवको बुधबार उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘‘यो सरकारले पाइला पाइलामा विकास निर्माणका काम गर्नेछ, अरु सरकारजस्तो यो सरकार निदाएर बस्दैन ।’
प्रधानमन्त्री ओलीले सरकारले देशको विकास निर्माण अघि बढाउने क्रममा पानीको थोपाथोपा र जमिनको एकएक टुक्राको सदुपयोग गर्ने पनि बताए ।
भने, ‘‘विकासका क्रममा अव यो देशको पानीको थोपाथोपा र जमिनको टुक्राटुक्रको पनि सदुपयोग हुन्छ’
फरक प्रशंगमा एमाले अध्यक्ष समेत रहेका ओलीले नेपालका ऐतिहासिक किल्ला र गढीको संरक्षण तथा पुननिर्माणको जिम्मा नेपाली सेनालाई दिने तयारी भइरहेको पनि बताए । उनले इन्द्रदहमा हाल रहेको कालु पाँडेको अर्धकदको शालिक पुर्ण कदको बनाउने घोषणा समेत गरे ।
Leave a Reply
You must be logged in to post a comment.