चन्द्रागिरी नगरपालिकालाइ पर्यटकीय संभावनाको उजागर गर्दै पर्यटनका माध्यमबाट आर्थिक विकासमा जोड दिने उद्धेश्यले दोस्रो इन्द्रदह पर्यटन महोत्सव हुने भएको छ ।चन्द्रागिरी नगरपालिका वडा नं १ मा रहेको एतिहासिक धार्मिक पुरातात्विक पर्यटकीयस्थल तथा काजि कालु पांडेको समाधिस्थल समेत रहेको इन्द्रदह परिसरमा फागुन ९ गते दोस्रो इन्द्रदह पर्यटन उत्सबको आयोजना हुने भएको हो ।
उक्त महोत्सबको उद्दघाटन प्रधानमन्त्री केपी शर्मा वली बाट हुने भएको छ भने सोहि कार्यक्रममा चन्द्रागिरी नगरपालिका वडा नं १ का जेष्ठ नागरिकलाई सम्मान का साथै नव निर्वाचित प्रधानमन्त्री केपी शर्मा वलीलाइ नागरिक अभिनन्दन समेत गरिने हुँदा उक्त महोत्सबमा सहभागी हुनको लागि समेत चन्द्रागिरि नगरपालिका वडा नं १ का वडा अध्यक्ष राजेन्द्र केसीले सबैलाई अनुरोध गरेका छन।
उनले १९९८मा भ्रमण वर्ष राष्टिय अभियानमा दहचोक महोत्सव आयोजना गरी पर्यटन गन्तव्यको पहिलो विजारोपण भएको थियो । काठमाडौं जिल्लाको मनोरम स्थान इन्द्रस्थान मा अवस्थित इन्द्रदह क्षेत्रलाई धार्मिक पर्यटन क्षेत्रका रुपमा विकास गर्न अहिले स्थानीय बासी क्रियाशील भएर जुटेका छन् । काठमाडौ शहरको पश्चिम तर्फ नागार्जुन र चन्द्रागिरीको बिचमा दहचोकको डाँडो पर्दछ।
यो समुद्री सतहबाट करीब ६००० फिटको उचाईमा छ। साबिक दहचोक -६ हाल चन्द्रागिरी नगरपालिका १ मा पर्ने यस डाँडोमा पवित्र ईन्द्रदह, बासुकी, मनकामना मन्दिर स्थल, श्री ५ पृथ्वीनारायण शाहको प्राचीन गढीहरु, काजी कालू पाँडेको समाधिस्थल, २०५६ सालमा नेकोन एयर को बिमान दुर्घटना स्थल सहित ठुलो राष्ट्रिय झण्डाको समेत अवलोकन गर्न पाइने उक्त डाँडोबाट देखिने उत्तर तर्फको निलगिरी, धौलागिरी, माछापुच्छ्रे, अन्नपुर्ण, मनास्लु, गणेश, लाङटाङ, गौरीशंकर, लाक्पादोर्जे जस्ता हिमशिखरहरुका दृश्यले जो कोहीलाई समेत मोहित पार्न सक्छ। त्यस्तै त्यहाबाट गोरखा, नुवाकोट, रसुवा, धादिङ सहित,काठमाडौ उपत्यकाको मनोरम दृश्य हेर्न तथा अवलोकन गर्न सकिन्छ।लौ हजुरहरुको के छ विचार,यस्तो स्वर्गीय आनन्द लिन जाने होइन त दहचोक ?दोस्रो इन्द्रदह पर्यटन उत्सब सबैलाई स्वागत गर्न पर्खिरहेको छ ।
Leave a Reply
You must be logged in to post a comment.