करातेको पुरुष टिम कातामा मच्छेगाँउका प्रवीण मान्नधर टिमलाइ स्वर्ण

नेपाली सेनाको त्रिभुवन आर्मी क्लब जारी आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा करातेको टिम काता इभेन्टमा स्वर्ण जितेको छ । शनिबारदेखि सुरु भएको करातेको प्रतियोगितामा आर्मीलाई नेपाली प्रहरीलाई हराउँदै प्रथम भएको हो ।

आर्मीले प्रदेश न.७ लाई ५–०, प्रदेश नं. १ लाई ५–० र फाइनलमा नेपाल प्रहरीलाई ४–१ ले हरायो । करातेमा ३ विभागिय, ७ प्रदेश र एनआरएनएसहित ११ टिमको सहभागिता रहेको छ ।
प्रतियोगितामा पुरुष काता इभेन्टतर्फ आर्मीको तर्फबाट सुवास कार्की, सानु कुमार रुम्बा र प्रविण मानन्धरले सहभागिता जनाएका थिए ।