मच्छेगाँउमा देखाइयो ९ जिल्लाका २७ लाखे नाच

चन्द्रागिरि ।

दोश्रो लाखेनाच एवं सांस्कृतिक तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । नेपाल सांस्कृतिक कला मन्दिर चन्द्रागिरि नगरपालिका ९ मच्छेगाँउले शूक्रबार र शनिबार अायोजना गरेको कार्यक्रममा विभिन्न ९ जिल्लाका २७ समुहले लाखे नाच प्रस्तुत गरेका थिए । विभिन्न क्षेत्रका व्यक्तित्वहरूलार्इ सम्मान समेत गरिएको कार्यक्रममा विभिन्न सांस्कृतिक झाँकीहरू प्रस्तुत गरिएको थियो ।
युवा तथा खेलकुद मन्त्री राजेन्द्रकुमार केसी, सभासद द्वय विनोद श्रेष्ठ तथा रूपा महर्जन, चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरी उपस्थितिमा नायक निखिल उप्रेती, अभिनेता तथा खेलाडी संघरत्न महर्जन, नृत्य निर्देशक कविराज गहतराज तथा कमल राइ, हास्य कलाकार उत्तम केसी, गायिका साइमा श्रेष्ठ, गायक किशोर शाही, नायिका रूपा राना, पत्रकार गिता अधिकारी, कृष्ण भुषाल, निमेश गाैतम तथा सानु श्रेष्ठ, संगितकार बसन्त सापकोटा तथा वितरक गोपाल कायस्थलार्इ सम्मान गरिएको थियो ।

विभिन्न क्षेत्रका लाखे नाचहरू एकै मञ्चमा देखाइ नेवार संस्कृतिका बारेमा वर्तमान पुस्तालार्इ जानकारी दिन कार्यक्रम अायोजना गरिएको अायोजक कला मन्दिरका संस्थापक अध्यक्ष रमेश शाहीले चन्द्रागिरिन्यूजलार्इ जानकारी दिए ।