चन्द्रागिरि वडा न ७ मा निशुल्क मास्क वितरण गर्दै

कोरना भाइरसबाट सचेत रहन सर्वसाधारणलाई मास्क वितरण गरिएको छ । विश्वभर फैलिएको कोरना भाइरसबारे सजग रहन सचेत गराउँदै चन्द्रागिरि वडा न ७ ले निःशुल्क मास्क वितरण गरेको हो ।

चन्द्रागिरि वडा न ७ कार्यलयमा मास्क वितरण गर्दै च.न.पा वडा न ७ का वडा अध्यक्ष सम्भु के.सीले भाइरस सङ्क्रमणबाट सजग रहन नियमित मास्क प्रयोग गर्ने, भीडभाडमा नजान, सरसफाइमा ध्यान दिन आग्रह गर्नुभयो ।

कोरना भाइरसबारे सचेतना जगाउँदै पहिलो दिन आज दुइ सय मास्क वितरण गरिएको र यसलाई निरन्तरता दिने बताउनुभयो । साथै सोही अवसरमा सर्वसाधारण नागरिकलाई कोरना भाइरस सङ्क्रमणबारे प्रशिक्षण दिइएको छ ।