चन्द्रागिरि नगरपालिका वडा नं ६ को वडा अध्यक्षमा नेकपा एमालेको अग्रता

चन्द्रागिरि नगरपालिका वडा नं. ५ र ६  को मतगणना जारी राखेका छन् । चन्द्रागिरि नगरपालिका वडा नं. ६ मा मेयरमा गठबन्धन तर्फबाट नेपाली काँग्रेसले ६६९ तथा मेयरमा नेकपा एमालेका उत्तम बहादुर राउतले ७९९ मत पाएको छ ।

पछिल्लो विवरण अनुसार गनिएको १ हाजर ७ सय मत मध्ये चन्द्रागिरि नगरपालिका वडा नम्बर ६ वडाध्यक्षमा ८४३ मत सहित नेकपा एमालेका संजय सिग्देलले अग्रता लिएको छ भने नेपाली कांग्रेस शान्ता उदासले ६७९ मत पाएका छन् । यस वडामा २१८५ मत खसेको छ।