काठमाण्डाै, वैशाख ३ ।
मुल सुकेपछि मातातीर्थ कुण्डमा पुगेका तीर्थालुहरूले डिपबोरिङको पानीले स्नान गरिरहेका छन् । मातातीर्थ अाैँसीका अवसरमा अाज यस क्षेत्रमा मेला भर्न बिहानै देखी हजाराैँ तीर्थालुहरू देशका विभिन्न भागबाट अाउने क्रम जारी छ ।
वि.सं. २०७२ का भूकम्पपछि यहाँका अधिकांश मूल सुक्दै गएका थिए। केहि महिनाअघिसम्म थोरै पानी अाउने मुलमा पछिल्लो समय पानी अाउन पुर्ण रूपमा बन्द भएको थियो । मातातीर्थ औंसीमा मातातीर्थ कुण्ड स्थलमा स्नान तथा अवलोकनका लागि ठूलो संख्यामा श्रद्धालु पुग्ने भएपछि स्थानीय महादेवस्थान मातातीर्थ खानेपानी तथा सरसफार्इ उपभोक्ता समितिले वैकल्पिक रुपमा पानीको व्यवस्था मिलाएपछि तीर्थालुहरूले सहजै स्नान गर्न पाइरहेको मातातीर्थ संरक्षण तथा विकास संस्थाका अध्यक्ष शान्त उदासले चन्द्रागिरिन्युज लार्इ जानकारी दिए गत वर्ष पनि सोही समितिले पानीको व्यवस्थापन गरेपछि तीर्थालुहरूले स्नान गरेका गर्न पाएका थिए ।




चन्द्रागिरि नगरपालिका वडा नम्बर ५, ६ र ७ क्षेत्रमा उपभोक्ता समितिले १ हजार ७ सय घरमा नीजि धाराहरू मार्फत नियमित रूपमा शुद्ध पिउने पानी वितरण गरिरहेको छ, समितिले सो कार्यका लागि ३ वटा डिप बोरिङ निर्माण गरेको छ । तीर्थालुहरूको सहजताका लागि २ वटा सुविधासम्पन्न घुम्ती शाैचालयको निःशुल्क व्यवस्थापन समेत गरेको समितिले कुण्ड क्षेत्रमा बुधबार साँझसम्म डिपबोरिङको पानी व्यवस्थापन गरिने जनाएको छ।
वैशाख कृष्ण औंसीको दिनलाई आमाको मुख हेर्ने दिनको रुपमा मनाउने गरिन्छ । आमा नभएकाहरुले भने पश्चिम काठमाण्डाैको मातातीर्थ क्षेत्रमा पुगि आमालाई तर्पण, पिण्ड तथा सिदा दान गर्ने गर्दछन् ।
Leave a Reply
You must be logged in to post a comment.