वडा कार्यालयको सक्रितामा मातातीर्थमा गाँजा खेती फडानी

चन्द्रागिरि ।



jibss

चन्द्रागिरि नगरपालिका वडा नं. ८ स्थित मातातीर्थमा लुकिछिपी गरिएको गाँजा खेती वडा कार्यालय र प्रहरीको सक्रियतामा नष्ट गरिएको छ । सोमबार सो क्षेत्रको करिब १ सय रोपनी जग्गामा गरिएको गाँजा खेती नष्ट गरिएको वडा अध्यक्ष सन्तोष खड्काले जानकारी दिए ।  स्थानीय प्रहरीले चन्द्रागिरि नगरका विभिन्न क्षेत्रहरूमा गरिएका गाँजा खेतीलार्इ प्राथमिकता साथ नष्ट गरिरहेको  प्रहरी निरिक्षिक बाबुराम पोखरेलले बताए ।