अक्सिजन प्लान्ट निर्माणका लागि नगद आठ लाख एकाइस हजार ५२५ रुपयाँ सहयोग

काठमाडौं । चन्द्रागिरि नगरपालिकाले संचालन गरेको आइसोलेसनमा अक्सिजन प्लान्ट राख्ने भएको छ । अक्सिजन प्लान्ट राख्ने आवश्यक सहयोगका लागि आइशोलेशन व्यवस्थापन समितिका संयोजक तथा वडा नम्बर ८ का अध्यक्ष सन्तोष्ट खड्काले अपिल गर्नु भएको थियो।

कोभिड १९ को महामारीले अक्सिजनको अभावका कारण दैनिक मृत्युदर बढ्दै गएकोमा दुख व्यक्त गर्दै खड्काले करिब ६९ लाख रुपैयाँ बराबरको अक्सिजन प्लान्ट निर्माण गरिने जानकारी दिनु भएको थियो। अक्सिजन प्लान्ट राख्ने जस्तो पवित्र कार्यमा आफूले सकेको सहयोग गर्न संयोजक खड्काले अपील पनि गर्नु भएको छ । १५ देखि २० दिन भित्रै प्लान्ट स्थापना गर्ने गरी काम अघि बढाइएको खड्काको भनाइ छ ।

प्लान्ट स्थापनाका लागि आर्थिक सहयोग का लागि महालक्ष्मी विकास बैंक लिमिटेडमा मातातिर्थ सामुदायिक अस्पताल निर्माणको खाता नम्बर ०३३००१००४२१६८००००००१  मा सहयोग जम्मा गर्न संयोजक खड्काले अनुरोध गर्नु भएको थियो। साथै संघरसंस्थाबाट सहयोग आउने जारी रहेको उनले बताए ।