काठमाडौं । चन्द्रागिरि नगरपालिका वडा नम्बर – ८ स्थित मातातिर्थ सामुदायिक अस्पताल नगरस्तरीय आइसोलेसन सेन्टर स्थगित हुने भएको छ । कोरोना संक्रमितको संख्या बढेपछि नगरपालिकाले गत जेठ १ गतेबाट सामुदायिक अस्पतालमा अक्सिजन सहितको आइसोलेसन सेन्टर ३० बेड शय्याको निर्माण गरेको थियो ।
नगरपालिकामा कोरोना संक्रमितको घटेको भन्दै आइसोलेसन सेन्टर बन्द गर्न लागिएको च.न.पा स्वास्थ्य शाखाका प्रमुख राम मणि घिमिरेले चन्द्रागिरि न्युजलाइ जान्कारी गराउनु भएको हो।
चन्द्रागिरि नगरपालिकामा २६७७ जना पुरुष र २११७ जना महिला गरि कुल ४७९४ जना संक्रमित रहेको जनाएको छ भने संक्रमित मुक्त ४५१० रहेको छ। हाल सम्म चन्द्रागिरि नगरपालिकामा ६३ जना को मृत्यु भैसकेको छ।
Leave a Reply
You must be logged in to post a comment.