रोसन दानी
काठमाडौँ । काठमाडौँको चन्द्रागिरि नगरपालिका-१३ पुरानो नैकाप कंकालीमा ढुङ्गाको वाल पल्टिदा दुई जनाको मृत्यु भएको छ ।
जग्गामा ढङ्गाको पर्खाल लगाउदा लगाउदै अचानक पर्खाल भत्किएपछि दुईजनाको मृत्यु भएको हो ।
चन्द्रागिरिका कंकालीका स्थानीय बासीका अनुसार गल्याम आवाज आएको र के भएको भन्नेर हेर्न जादा बाल भत्किएर चार जनालाई पुरिसकेको प्रत्यक्ष दर्शीले जानकारी दिए ।
महानगरीय प्रहरी प्रभाग बलम्वुका प्रहरी निरीक्षक गणेश चन्द्र कोईरालाका अनुसार पर्खाल एकासी भत्किएर मृत्यु हुनेमा उदयपुर बेलुवा ८ कि ३५ वर्षीया सीता राई र मकवानपुर राक्सिङ गाउँ पालिकाका वडा नम्बर ९ का २० वर्षीया टेकबहादुर चेपाङ रहेका छन् ।
माथीबाट भत्किएको वालले थिचेर उदयपुर कटारी का २१ वर्षका मिलन तामाङ,जिल्ला धादिङ गल्छी गाउँ पालिका २ का १८ वर्षीय हरि घले शक्त घाईते छन् । उनिहरूको नजिकै अस्पताल मा उपचार भईरहेको प्रहरीले जनाएको छ ।
Leave a Reply
You must be logged in to post a comment.