नैकापमा बुर्जाघर (भ्युटावर)को शिलान्यास

1006

रोशन दानी,

राजधानीको पुरानो नैकाप कंकालीमा बुर्जाघर (भ्युटावर)को शिलान्यास गरिएको छ ।

प्रदेश नम्वर ३ को उद्योग बन,पर्यटन तथा बातावरण मन्त्रालयको विनियोजित बजेट कुल ५० लाख बजेट वाट (भ्युटावर) निमार्ण गरिन लागेको हो ।

भ्युटावरको प्रदेश नम्वर ३ का प्रदेश सांसद केशव पोखरेलले एक कार्यक्रमका विच शिलान्यास गरेका हुन् । कंकालीमा भ्युटावर संगै पार्क,फुटट्रेल,विश्राम स्थल समेत निमार्ण हुने भएको छ ।

काठमाण्डौ महानगरपालि १ करोड र चन्द्रागिरी नगरपालिकाको १ करोड गरी जम्मा ५ करोडमा सम्पुर्ण पूर्वाधार निमार्ण हुने छ काठमाण्डौ महानगरपालिका र चन्द्रागिरी नगरपालिको आर्थिक सहयोगमा पार्क निमार्ण गरिन लागेको हो । शिलान्यास कार्यक्रममा वोल्दै प्रदेश सभा सांसद केशव पोखरेलले समग्र पर्यटकिय विकासमा प्रदेश सरकारले पर्यटकिय गन्तव्यको पहिचान गरि आर्थिक विकासको मोडेलमा लाने वताए ।

उनले चन्द्रगिरी र नार्गाजुनलाई एउटै पर्यटकिय सर्किटको रुपमा विकास गरि आन्तरिक पर्यटन प्रर्वधनमा जोड दिने वताए । सांसद पोखरेलले भने, सरकारको आर्थिक समृद्धिको नारालाई आत्मसाथ गर्दै हरेक क्षेत्रको सुक्ष्म अध्ययण गर्दे देशमा पर्यटनको मुख्य आधारमा विकास गर्न सकियो भने मात्र देशको समग्र आर्थिक खम्वाको रुपमा पर्यटन वाटै देश समृद्ध र विकासको वाटो तर्फ दुत्र्त रुपमा अगाडी वढ्न सक्छ ।

कार्यक्रममा बोल्दै चन्द्रागिरीका नगर प्रमुख घनश्याम गिरीले चन्द्रागिरी नगरपालिका विकास,पर्यटन,पुर्वाधार सवै कुरामा एक नम्वर वनाउन लागेको चर्चा गर्दे समृद्ध नगरपालिको रुपमा विकास गर्न सवैको साथ र सहकार्य खाचो रहेको औल्याए ।

कार्यक्रममा बोल्दै चन्द्रागिरीको उप प्रमुख लिशा नकमीले हाम्रो नगरपालिका राम्रो नगरपालिकालाई बनाउन स्थानियहरुको भुमिका अतुल्नीय हुर्ने वताईन । उनले विकास लाई तिव्र वनाउन स्थानिय स्रोत र साधनको उच्चतम प्रयोग गरिनु पर्नेमा जोड दिईन ।

कार्यक्रममा बोल्दै चन्द्रागिरी नगरपालिका १३ का वडा अध्यक्ष बालमुकुन्द विडारीले निमार्ण अभियान पश्चात वडाको मात्र विकास नभई नगरपालिकाकै गरिमा बढाउने विश्वास व्यक्त गरे । उनेले राज्यको लगानीको सहि सदुपयोग गर्दे नगर विकासमा सोचे अनुरुप विकास गर्न सकिने बताए ।

कार्यक्रममा बोल्दै कंकाली क्षेत्र पर्यटकिय पूर्वाधार विकास उपभोक्ता समितिका अध्यक्ष नवराज भट्टले कंकाली क्षेत्र र दहचोकलाई एकिकृत पर्यटनको मोडेलको रुपमा विकास गर्न सकिए आन्तरिक पर्यटन वाट समग्र चन्द्रागिरीको विकासमा महत्वपुर्ण उपलव्धी हासिल गर्न सकिने बताए ।

अध्यक्ष भट्टले चन्द्रागिरीको एतिहासिक,पर्यटकिय महत्वलाई राष्ट्रिय स्तरमा मात्र प्रचार प्रसार गर्न सके नगरकोट भन्दा पनि राम्रो नयाँ गन्तव्यको रुपमा विकास गर्न सकिने उनको भनाई थियो । चन्द्रागिरी १३ मा सिटी टावर निमार्ण भए पश्चात काठमाडौ उपत्यका नजिक वाट नियाल्ने हरुका लागि नजिकैको महत्वपुर्ण पर्यटकिय स्थलको रुपमा विकास हुने अपेक्षा गरिएको छ ।