
चन्द्रागिरि,
२०७३ बाट सुरु भएको ‘नैकाप गाेल्डकप’को चौथो संकरण २०७६ भाद्र २८ गतेबाट सूरू हुने भएकाे छ ।
प्रतियोगितामा नेपाल अधिराज्यभरबाट दर्ता भई नविकरण हुदै आएका बढीमा ३२ क्लब तथा संस्थाहरुको सहभागिता रहने छ । चन्द्रागिरी स्पाेर्टस क्लबको आयोजनामा नैकाप फुटबल मैदानमा हुने उक्त फुटबल प्रतियाेगिता २२ दिन सम्म चल्नेछ । भाद्र २८ गते देखि सुरु हुने प्रतियोगिता असाेज १८ गते फुलपातीको दिनमा समापन हुनेछ ।
प्रतियाेगिताकाे बिजेता टाेलीले ट्रफी सहित नगद रू ४,००,०००(चार लाख) प्राप्त गर्नेछ भने उप-विजेताले २,००,००० (दुइ लाख हजार) प्राप्त गर्नेछ । प्रतियोगितामा अन्य थुप्रै बिधाहरू पनि समेटिएका छन् । सुरुवाती बर्ष देखि नै सफल रुपमा आयोजना हुँदै आएको यस फुटबल प्रतियोगिताको चौथो संकारण पनि सफलता पुर्वक सम्पन्न हुने आयोजकले विश्वास लिएका छन् ।