श्री बिद्या मन्दिर मावी चन्द्रागिरी -१३ पुरानो नैकापको भवन उद्घाटन

काठमाडौं ,श्रावण १८

श्री बिद्या मन्दिर मावी चन्द्रागिरी -१३ पुरानो नैकापको भवन उद्घाटन भएको छ ।२०२१ शालमा स्थापना भएको सो विद्यालय को भवन काठमाडौं क्षेत्र नं ९ का प्रतिनिधि सभा सदस्य कृष्णगोपाल श्रेष्ठले उद्घाटन गरेका थिए ।

बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामहरी सिग्देलको अध्यक्षतामा भएको सो कार्यक्रममा प्रदेस सभा सदस्य केसव पोखरेल ,चन्द्रागिरी नगरपालिकाका प्रमुख घनश्याम गिरि ,संघीय मामिला तथा सामान्य प्रसासन मन्त्रालयका सह सचिव केदार प्रसाद पनेरु ,जिल्ला आयोजना कार्यान्वयन इकाई काठमाडौंका प्रमुख अर्जुन बहादुर रायमाझी ,चन्द्रागिरी नगरपालिका वडा नं १३ का अध्यक्ष बालमुकुन्द बिडारी ,सदस्य इश्वरी पनेरु ,राज कुमार बोगटी लगायत अतिथि रहेका थिए ।

सोहि अवसरमा एस इ इ परिक्षमा सामेल भएका विद्यार्थीहरुलाई सम्मान गरिएको थियो भने नगरपालिका मै सबैभन्दा राम्रो नतिजा ल्याएको सामुदायिक विद्यालय श्री बिद्या मन्दिर मावीमा रहेका विभिन्न सुविधा र विशेषता हरुका वारेमा जानकारी प्रदान गरिएको थियो ।

सो अवसरमा बोल्दै प्रमुख अतिथि श्रेष्ठले उत्कृस्ट नतिजाका लागि बिद्यालयलाइ बधाई दिदै विद्यार्थीहरुको उज्जवल भविस्यको कामना गरेका थिए ।त्यस्तै श्रेष्ठले आगामी दिनमा बिद्यालय को उन्नति र प्रगतिका लागि आफ्नो तर्फ बाट हरेक किसिमका सहयोग रहने प्रतिवादत्ता पनि व्यक्त गरेका थिए ।

कार्यक्रममा बोल्दै प्रदेस सबह सदस्य केशव पोखरेलले बिद्यालयले हाल सम्म प्राप्त गरेको उपलव्धिलाई बधाई दिदै आगामी दिनमा अझै शशक्त भएर जावोस भन्ने शुभकामना ब्यक्त गरेका थिए ।

त्यस्तै कार्यक्रमका अध्यक्ष रामहरी बस्नेतले बिद्यालय का विभिन्न पक्षहरुका वारेमा जानकारी प्रदान गरेका थिए ।

कपन अनलाइन