चन्द्रागिरि मेयर कप फुटसल फागुन २१ गते

चन्द्रगिरि स्पोर्टस् एकेडेमी नैकापको आयोजनामा चन्द्रागिरि मेयर कप भेट्रान फुटसल प्रतियोगिता आयोजना हुने भएको छ । विषम् परिस्थितिका कारण स्थगित भएको प्रतियोगिता फागुन २१ गतेका लागि तय भएको एकेडेमीका अध्यक्ष कृष्णहरि बस्नेतले जानकारी दिनुभयो ।

प्रतियोगितामा चन्द्रागिरि नगर क्षेत्रभित्रका वडा, क्लब तथा संघसंस्थाका ३५ वर्षमाथि उमेर समुहका व्यक्तिले सहभागिता जनाउन पाउने बताइएको छ । प्रतियोगिताको विजेताले नगद ५० हजार रूपैयाँ प्राप्त गर्दा उपविजेताको भागमा पच्चीस हजार रूपैयाँ हात पर्नेछ । विधागत उत्कृष्ठ खेलाडीले जनही ५ हजार रूपैयाँ पाउनेछन् ।

आयोजकका अनुसार बलम्बुस्थित डिआजी फुटसलमा हुने खेलमा सहभागिताका लागि दर्ता शुल्क ५ हजार रूपैयाँ तोकिएको छ ।