
चुनावी सभालाई सम्बोधन गर्न प्रधानमन्त्री शेरबहादुर देउवा भोलि चन्द्रागिरि वडा नं. १० स्तिथ सतुंगल आउने भएका छन् ।
मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै नेपाली कांग्रेसले सतुंगलमा आयोजना गरेको सभामा सहभागी हुन प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति देउवा सतुंगल आउन लागेका हुन् ।
सभामा नेपाली कांग्रेसका वरिष्ठ नेता र गठबन्धनका नेताहरूले पनि सम्बोधन गर्ने कार्यक्रम रहेको नेपाली कांग्रेस काठमाण्डाै क्षेत्र नं. १० प्रदेश २ का सभापति एवं क्षेत्र नं. १० का चुनाव प्रचारप्रसार संयोजक धर्मनन्द श्रेष्ठले जानकारी दिए ।
श्रेष्ठ अनुसार सतुंगलको लाछी टोलमा प्रधानमन्त्री देउवाले कार्यक्रम दिउँसो २ बजे चुनावी सभालाई सम्बोधन गर्ने जानकारी गराए ।