चन्द्रागिरि नगरपालिका वडा न ४ ले घर घरमा पुगेर राहत वितरण

काठमाडौँ, चैत्र २३ ।चन्द्रागिरि नगरपालिका वडा नं ४ ले राहत वितरण गरेको छ।कोरोना भाईरस (COVID-19) संक्रमणका कारणले लक डाउन भै दैनिक ज्याला मजदुरी गरि खाने बिपन्न परिवारलाई खाद्यान्न संकट नपरोस् भन्ने उद्देश्यले नेपाल सरकार वाट प्राप्त निर्देशन र चन्द्रागिरि नगरपालिका चैत्र १९ को कार्यपालिका वैठकले पहिलाे चरणमा १ देखि १५ वटै वडाका ब्यक्तिहरूकाे ब्यक्तिगत फारम भरि नामावलीमा संकलन सहित राहत प्याकेज बितरण गरिने निर्णय भएको च.न.पा वडा नं ४ का वडा अध्यक्ष कृष्ण प्रसाद खड्गीले जानकारी गराए।



Ward4 1024x498

आइतबार चन्द्रागिरी नगरपालिका वडा नं ४ थानकोटमा २६२ जनालाई वडाध्यक्ष कृष्ण प्रसाद खड्गी लगायत अन्य जनप्रतिनिधि,वडाका सल्लाहकार, महानगरीय प्रहरी वृत थानकोटका प्रमुख तथा वडाका अन्य समाजसेवी तथा स्वयमसेवीहरूको उपस्थितमा घर घरमा पुगेर राहत बितरण गरिएको थियो।

Krishna2

कोरोना भाइरस (कोभिड-१९) को संक्रमणलाइ फैलन नदिन र यसको रोकथाम र नियन्त्रण गर्न नेपाल सरकारले जारि गरेको लक डाउन बाट अत्यावश्यक बाहेकका सबै सेवा बन्द रहेको ,मानिसहरुलाई अत्यावश्यक काम बाहेक घर बाहिर निस्कन रोक  लगाइएको अवस्थामा चन्द्रागिरि नगरपालिका वडा नं ४  बसोबास गरि  असंगठित क्षेत्रमा कार्यरत श्रमिक वर्ग, असहाय र अति बिपन्न परिवारलाइ राहत वितरण गर्नको लागि लगत फारम संकलन  गरिएको थियो ।