त्रिभुवन पार्कमा रोकिएका ३ सय भन्दा बढीलाई बस चढाएर घर पठाइयो

1630

थानकोट प्रहरीले त्रिभुवन पार्कमा राखिएकालाई आ-आफ्नो गृहजिल्लामा पठाएको छ।

घर जान भनेर उनीहरू विभिन्न ठाउँबाट हिँडेर हिजो र आज थानकोट आइपुगेका थिए। उनीहरूलाई त्रिभुवन पार्कको क्याम्पमा राखिएको थियो।

आज भने सबैलाई आ-आफ्नो गृहजिल्ला पठाइएको प्रहरी वृत्त थानकोटका डिएसपी घनश्याम श्रेष्ठले जानकारी दिए।   

‘हिजो र आज नागढुंगा नाका भएर बाहिरिनेलाई त्रिभुवन पार्कमा क्याम्प खडा गरी खाना बस्ने व्यवस्थासहित राखेका थियौं’, उनले भने, ‘तीन सयभन्दा बढीलाई आठ वटा गाडीमा राखेर पठाएका छौं।’