
काठमाडौं। लायन्स क्लब अफ इन्टरनेसनल डिस्ट्रिक्टद्वारा ४ वटा कन्सन्ट्रेटर मेसिन आइसोलेसन सेन्टरहरु लाइ हस्तारण गरेको छ।
थानकोट प्राथमिक अस्पताल अन्तर्गत च न पा ३ को नवनिर्मित वडा भवनमा र च न पा १२ को नहुदा अस्पतालमा समुदाय स्तरबाट संचालन भइरहेका कोभिड १९ अस्थायी आइसोलेसन सेन्टरहरुमा २-२ गरि ४ वटा कन्सन्ट्रेटर मेसिन लायन्स क्लबद्वारा उपलब्ध गराएको हो।
तत्काल दुई ठाँउमा २-२ गरि ४ वटा मेसिन जडान गरि स्वास्थ्य सेवा प्रदान गरिने तथा केही दिनमै अरु थप मेसिनहरु जडान गरि सेवा सुबिधा लाई अझ प्रभावकारी बनाउदै लैजाने नगर प्रमुख घनश्याम गिरीले बताउनु भयो।
उक्त अक्सिजन कन्सन्ट्रेटर मेसिनहरु लायन्स क्लब अफ इन्टरनेसनल डिस्ट्रिक्ट 325 A1 को मुख्य सहयोगमा प्राप्त भएका नगर प्रमुख गिरिले बताउनुभयो।
नगरपालिका भित्र संचालनमा रहेका ३ वटै आइसोलेसन सेन्टरहरुमा पर्याप्त अक्सिजन सिलिन्डरहरुको ब्यबस्थापन पनि गरिएको नगर प्रमुखले बताउनु भयो।