चन्द्रागिरि नगरपालिका वडा नम्बर ३ स्थित आइसोलेसन सेन्टर स्थगित हुने

काठमाडौं । चन्द्रागिरि नगरपालिका वडा नम्बर – ३ स्थित आइसोलेसन सेन्टर स्थगित हुने भएको छ ।

वडा नं. ३ स्थित नवनिर्मित वडा कार्यालय भवनमा विगत जेष्ठ १ देखी संचालनमा रहेको वडामा कोरोना संक्रमितको चाप घटेको भन्दै असार ४ गते देखि आइसोलेसन सेन्टर बन्द गर्न लागिएको च.न.पा ३ का वडा अध्यक्ष दुर्गालाल महर्जनले जान्कारी गराउनु भएको हो।

कोरोना संक्रमितको संख्या बढेपछि वडा कार्यालयले गत जेठ १ गतेबाट वडा कार्यालय भनवमै आइसोलेसन सेन्टर निर्माण गरेको थियो ।

“आईसोलेसन सेन्टर संचालन अवधिमा अमुल्य योगदान दिने  स्वास्थ्यकर्मी तथा सहयोग प्रदान गर्ने समस्त व्यक्ति /संस्था/ टोल समुह लगायत बडावासीहरु प्राति हार्दिक
धन्यवाद ज्ञापन गर्दछौं” दुर्गालाल महर्जनले बताए।