टिप्परको ठक्करबाट स्थानियको ज्यान गएपछि थानकोटमा प्रदर्शन,त्रिभुवन राजमार्ग अवरुद्ध

4936

करिव १५ दिन अगाडी थानकोट स्थित गोदाममा टिप्परको ठक्करबाट घाईते भएका स्थानिय सुचेन्द्र श्रेष्ठको आज ज्यान गए पछि स्थानियले त्रिभुवन राजपथ बन्द गरेका छन् ।

 

टिप्परको ठक्करबाट घाईते भएका चन्द्रागिरी न पा ४ का २८ बर्षीय सुचेन्द्र श्रेष्ठको मेडिसिटी अस्पतालमा मृत्यु भए पछि स्थानियहरु आन्दोलनमा उत्रिएका हुन् ।

 

चित्लाङ काठमाण्डौ सडक खण्डमा पर्ने गणेश राजमार्ग बाटाे खन्ने क्रममा निस्केकाे ढुङ्गा बोक्ने टिप्परको ठक्करबाट सुचेन्द्र श्रेष्ठ सवार स्कुटर क्षतविक्षत भएको थियो ।

 

पिडीत पक्षले चन्द्रागिरी न पा वडा नम्बर ४ मा भैरहेको प्राकृतिक दोहन बन्द गर्नु पर्ने माग गरेका छन् भने मृतकको परिवारलाई उचित क्षतिपुती दिन पनि दवाव दिएका छन् ।

 

अहिले सो क्षेत्रमा ठुलो संख्यामा प्रहरी परिचालन गरिएको छ । स्थानियको विरोध प्रदर्शनका कारण राजधानीबाट बाहिर जाने र भित्र प्रवेश गर्ने हजारौ सवारी साधन बाटोमै रोकिएका छन् ।