
चन्द्रागिरि नगरपालिका वडा नं ३ ले सेप्टी ट्यांकीको निकास सिधैं खोलामा मिसाउनेलाइ कारबाही गर्ने सार्वजनिक सुचना जारि गरेक छ।
च.न.पा ३ वडाध्यक्ष दुर्गा लाल महर्जन द्वारा जारि गरिएको उक्त सुचनामा उपरोक्त विषयमा यस वडा नं. ३ अन्तर्गतका सार्वजनिक स्थान तथा खोला नालामा सेप्टी ट्यांकीको निकास सिधैं मिसाउने तथा फोहर फाल्ने गरेकोले वातावरणमा प्रतक्ष असर परिरहेको भनी अत्याधिक जनगुनासो आएको हुँदा खोला नालामा सेप्टी टयांकीको निकास मिसाईरहेका घरधनी वडाबासीले तत्काल निकास वन्द गर्नहुन तथा सार्वजनिक स्थल लगायत खोला नालामा फोहर नफाल्न हुन सार्वजनिक सुचना प्रकाशित गरिएको छ । अन्यथा गरेको पाईएमा कानुन अनुसार कडा कार्यवाही हुँने समेत सचित गरिएको छ ।