
काठमाडौं : चन्द्रागिरि वडा नं ३ थानकोट स्थिति मङगलोदय मा.बि नजिक धारिलो हतियार प्रहार गरी एक व्यक्तिको हत्या गर्ने तिन जनालाई प्रहरीले पक्राउ गरेर सार्बजनिक गरेको छ। चन्द्रागिरि नगरपालिका–३ थानकोट बस्ने महोत्तरीको जलेश्वर नगरपालिका–२ का २० वर्षीय जितेन्द्र साहको आइतबार धारिलो हतियार (चक्कु) प्रहार गरी हत्या गरेको अभियोगमा चन्द्रागिरि–३ थानकोट बस्ने ३६ वर्षीय सोमलाल गोपाली, मकवानपुर दामन घर भएका २५ वर्षीय मनोज दोङ तामाङ र च.न.पा – ८ मातातिर्थवाट साहिल गोपाललाई पक्राउ गरिएको हो।
चन्द्रागिरि–३ थानकोटमा आइतबार राति तीन जनाको समूहले चक्कु प्रहार गर्दा साहलाई गम्भीर घाइते बनाएकामा उनको राष्ट्रिय ट्रमा सेन्टरमा उपचारका क्रममा हिजो बिहान मृत्यु भएको थियो। उक्त घटनामा संलग्न व्यक्तिको खोजी गर्ने क्रममा गोपालीलाई चन्द्रागिरि–३ थानकोट, तामाङलाई च.न.पा–१ दहचोक बाट आइतबारनै पक्राउ गरिएको थियो भने फरार भएका साहिल गोपाललाइ च.न.पा – ८ मातातिर्थ बाट सोमबार पक्राउ गर्न सफल भएको प्रहरीले चन्द्रागिरि न्युज डट कम लाइ बताएको हो।
पक्राउ परेका तिन विरुद्ध कर्तव्य ज्यानसम्बन्धी कसूरमा थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी वृत्त थानकोटले जनाएको छ।