चन्द्रागिरि नगरपालिकाको बजेट असार १० गते आउने

412

काठमाडौं। संघ र प्रदेशले बजेट ल्याइसकेपछि चन्द्रगिरि नगरपालिका यतिबेला बजेट निर्माणमा व्यस्त बनेका छन्। संघले जेठ १५ गते, प्रदेशले असार १ गते र स्थानीय तहले असार १० गतेभित्र आगामी आर्थिक वर्षको बजेट ल्याइसक्नुपर्ने व्यवस्था छ। सोहीअनुसार, चन्द्रगिरि नगरपालिकाले आगामी आर्थिक वर्ष २०७८/७९ को बजेटको तयारीमा जुटेका हुन्।

प्रदेश र स्थानीय सरकारले वित्तीय समानीकरण अनुदान, राजस्व बाँडफाँटबाट प्राप्त रकम र करसम्बन्धी अधिकारसहित आफ्नो आन्तरिक आयका आधारमा आफ्नो कार्यक्रम बजेटमा समेट्न पाउँछन् । अन्य अनुदान भने सर्तसहित आउने गर्छन् ।

अर्थ मन्त्रालयकाअनुसार आर्थिक बर्ष २०७८/७९ मा चन्द्रागिरि नगरपालिकालाइ ५८ करोड २१ लाख रुपैयाँ विनियोजन गरेको छ। काठमाडौंका १० नगरपालिकालाई अनुदान विनियोजन गरेकोमा सब भन्दा बढी चन्द्रागिरि नगरपालिकालाइ र कम दक्षिणकाली नगरपालिकालाई ३२ करोड रुपैयाँ छुट्टयाइएको छ।

काठमाडौंका १० नगरपालिकालाई विनियोजन गरेकोमा चन्द्रागिरिलाई ५८ करोड २१ लाख, कागेश्वरी मनोहरालाई ४९ करोड ३१ लाख, कीर्तिपुरलाई ४९ करोड २५ लाख, गोकर्णेश्वरलाई ५१ लाख ९३ हजार, टोखालाई ४५ करोड ८८ लाख, तारकेश्वरलाई ५५ करोड ७१ लाख, दक्षिणकालीलाई ३२ करोड, नागार्जुनलाई ४५ करोड ३० लाख र शंखरपुरलाई ३४ करोड ५२ लाख रुपैयाँ छुट्टयाइएको छ।